एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा

 असार २९, २०८० शुक्रबार १९:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा भएको छ । 

आज सेमिफाइनल चरणका खेल सकिएसँगै फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब हेल्प नेपाल खेल्ने भएका छन् । 

महिलातर्फ आज भएको  खेलमा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यस अघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु डायमण्डलाई सोझो सेटमा हरायो । 

पुलिस ५ खेलमा १५ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल एपीएफ क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । 

यस्तै, पुरुषतर्फ आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो ।

 हेल्प नेपाल ६ खेलमा अपराजित रहँदै १६ अङ्ककासाथ शीर्ष स्थानमा रह्यो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारकासाथ १५ अङ्कसहित दोस्रो स्थानमा रह्यो । फाइनल खेल भोलि हुनेछन् ।  
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया