श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जित्यो

 साउन ४, २०८० बिहीबार १३:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जितेको छ ।

गलेमा श्रीलङ्काले दिएको १ सय ३१ रनको लक्ष्य पाकिस्तानले पाँचौँ दिनको खाना समयअघि नै ६ विकेट गुमाएर भेटायो । पाकिस्तानका इमाम उल हकले नटआउट ५० रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ४ विकेट लिए । पहिलो पारीमा १ सय ४९ रनले पछि परेको श्रीलङ्का दोस्रो पारीमा २ सय ७९ रनमा अलआउट भएपछि पाकिस्तानले १ सय ३१ रनको लक्ष्य पाएको थियो ।

पहिलाे पारीमा पाकिस्तानले ४ सय ६१ रन बनाएकाे थियाे । पाकिस्तानका लागि सउद सकीलले २ सय र अघा सलमानले ८५ रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका रमेश मेन्डिजले ५ विकेट लिएका थिए । यस्तै श्रीलङ्काले पहिलाे पारीमा ३ सय १२ रन बनाएकाे थियाे । श्रीलङ्काका लागि धनञ्जय डी सिल्भाले १ सय २२ र एन्जेले म्याथ्युजले ६४ रन बनाएका थिए । बलिङतर्फ पाकिस्तानका शहीद अफ्रिदी, नसीम शाह र अबरार अहमदले समान ३ विकेट लिएका थिए । 

दुई वटा टेस्ट क्रिकेट खेल्न पाकिस्तान श्रीलङ्काको भ्रमणमा रहेको छ । दाेस्राे टेस्ट जुलाई २४ तारिखदेखि काेलम्बाेमा शुरु हुनेछ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया