गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च

 साउन २५, २०८० बिहीबार ८:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च हिजो सार्वजनिक गरेको हो ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ ।

प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, खेल सामग्रीमा २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । किट्स ब्याग, निर्णायक जर्सी र खेल पोसाकका लागि १५ करोड ३९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

गण्डकीको कास्कीलगायत ८ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदको असोज २८ मा उद्घाटन र कात्तिक ३ गते समापन भएको थियो ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया