तस्करीको सामान बरामदपछि झडप, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

 भदौ १५, २०८० शुक्रबार २०:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाँके – बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरूसँग भएको झडपमा तीन जना घाइते भएका छन् ।

झडपमा परि बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पाैडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा तथा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने जहित हसमित घाइते भएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताउनुभयाे । यस्तै झडपबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेकाे छ ।

हिजाे बिहीवार राति साढे ९ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट नम्बर ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे छ । पूरा भन्सार तिरेको नपाएपछि सामान बरामद गरेको तर भन्सार छलीका ती सामान फिर्ता पाउनुपर्छ भनी ल्याउने व्यक्तिहरूले हुलहुज्जत गर्न खाेज्दा झडप भएकाे डीएसपी थापाले बताउनुभयाे ।

बरामद गरिएका हार्डवेयरका सामान, चामल तथा चिनी स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया