झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

 असोज १७, २०८० बुधबार १४:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ ।

आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए ।

यस्तै काठमाण्डौबाट भरतपुरका लागि तय भएको एउटा उडान सम्पन्न भएको छ भने बुद्ध एअरका दुई वटा उडान रद्द भएका छन् । तुम्लिङटारको उडान–अवतरण पनि ठप्प छ । अरू विमानस्थलमा पनि उडानमा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको भीड लागेको छ । विशेष गरेर पोखरा र काठमाण्डौको विमानस्थलमा यात्रुको भीड रहेको र व्यवस्थापन गर्न समस्या भएको एअरलाइन्सले जनाएका छन् ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया