त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक

 असोज ३०, २०८० मंगलबार १८:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ ।

आज साेमवार नेपालका कप्तान राेहित पाैडेल र यूएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरे । प्रतियाेगिताका लागि हङकङकाे टाेली नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता भाेलि बुधवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा भाेलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया