शनिबार विशेष : पार्टी नेतृत्वलाई उपसभामुखको झड्का, आइसीसी वरियतामा पारस खड्का !

 पुस २६, २०७६ शनिबार १९:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेकपाले राजीनामा गर्न भने पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले आफूलाई राजीनामा दिन लगाउनेबारे कुनै जानकारी नभएको भन्दै आइतबारको संसद बैठक आफैंले सञ्चालन गर्ने प्रतिक्रिया दिनुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी २० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् । नयाँ वरीयतामा पर्नेहरुमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । वरीयतामा पारस  खड्का अलराउण्डरतर्फ विराट काेहली, हार्दिक पाण्डे र रशिद खानभन्दा अगाडि छन्  । 

इरानको सेनाले झुक्किएर क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनी विमानमा लागेर दुर्घटना भएको स्वीकार गरेको छ । इरानले यसअघि विमान प्राविधिक कारणले आफै दुर्घटना भएको जिकिर गर्दै आएको थियो । गएको बुधबार तेहरान विमानस्थलबाट उडेको युक्रेनको विमान दुर्घटनामा हुँदा १ सय ७६ जनाको ज्यान गएको थियो । 

प्रदेश ३ को नाम र राजधानीको लागि भोलि आइतबार मतदान हुने भएको छ । 

हेर्नुहोस् आज दिनभरका मुख्य प्रसँग :

राजीनामा दिनेबारे जानकारी छैन, भोलिको संसद बैठक चलाउँछु–उपसभामुख तुम्बाहाम्फे

आईसीसीकाे नयाँ  टी-२० वरीयता : पारस खड्का अलराउण्डरतर्फ विराट काेहली, हार्दिक पाण्ड्या र रशिद खानभन्दा अगाडि

झुक्किएर युक्रेनी विमान खसालिएकाे इरानी सेनाकाे स्वीकार

प्रदेश–३ काे नाम र स्थायी राजधानीका लागि  आइतबार बिहान नाै बजे मतदान हुने

१५ हजारभन्दा धेरै छोरीका ‘बा’ : नातिनी, आमा र हजुरआमा एकै ठाउँमा !

अँगेनोका राप, ताप र बातका सम्झना

धनुषा हत्या प्रकरणका आरोपित उद्योगी महतो पक्राउ : मुचुल्का विवादले पोष्टमार्टम हुन सकेन

‘विप्लव’ लाई पार्टीमा आउन ढिला नगर्न नेकपा अध्यक्ष दाहालकाे आग्रह

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन, नेतृत्व परिवर्तन हुन्छ : कांग्रेस महामन्त्री कोइराला

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा मुस्ताङको ‘यारुजो डाँडा’ (तस्बिरसहित)

नेपालको भूमि कब्जा गर्ने रणनीति अनुरुप एमसीसी लागू गर्न लागिएकाे नेताहरुकाे भनाइ

बढ्दो शीतलहरका कारण तराईको जनजीवन प्रभावित : विद्यालयहरु बिदा

ए डिभिजन लिग : मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच गाेलरहित बराबरी

ए डिभिजन लिग : जाउलाखेललाई हराउँदै मच्छिन्द्र क्लब शीर्ष स्थानमा

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया