आइतबार विशेष : भारतमा निश्चित भयो खोप, नेपालमा अझै आरोप–प्रत्यारोप !

 पुस २६, २०७७ आइतबार २०:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छिमेकी देश भारतले आउँदो शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । नेपालमा चाहिँ खोप ल्याउने तयारी भैरहेको भनिए पनि यसको टुंगो लागेको छैन ।

खोप आयातमा ध्यान केन्द्रित गर्नुपर्ने बेला प्रधानमन्त्री, मन्त्री र जिम्मेवार राजनीतिक दलका नेताहरु आपसी आरोप–प्रत्यारोपमै व्यस्त छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुभयो भने आइतबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

हेर्नुहोस् आइतबारका मुख्य खबर :

भारतमा शनिबारबाट खोप अभियान सुरु हुने

सरकारले आफैँ खोप किन्ने प्रयास गरिरहेको छ

प्रधानमन्त्रीलाई दाहाल–नेपाल समूहकाे चेतावनी : ‘पूर्वप्रधानन्यायाधीशहरूलाई नधम्क्याउनुस्’

जोड–घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारलाई काम गर्नै दिइएन : प्रधानमन्त्री

‘सिमानाकाे कुरा उठाउँदैमा भारतसँगको सम्बन्ध बिग्रँदैन, मित्रतापूर्ण ढङ्गले भूमि फिर्ता हुन्छ’

सरकारले इतिहासमा 'रेकर्ड' राख्ने धेरै काम गरेको छ, अब गफ फिट्ने दिन गए : प्रधानमन्त्री ओली

‘प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटलाई सर्वाेच्चले खारेज गर्नुपर्छ’

‘मेराे लोकप्रियताको ग्राफ माइनसमा झरेछ कि प्लसमा गएछ, चुनावमा हेराैँ न !’

खोला किनारकाे जग्गा हाउजिङको नाममा पास गराएकाे आराेपमा १७ जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

‘प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गरियाेस्’

दैनिक पीसीआर परीक्षण ४ हजारभन्दा कममा झर्‍याे

पालिकाहरूमा १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेन, प्रभावकारी काम गर्न अर्थमन्त्रीको आग्रह

दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' हरू भएकाे ठाउँ पत्ता लागेकाे इन्डाेनेसियाली अधिकारीहरूकाे भनाइ

सुनको भाउ आज तोलामा २३ सय रुपैयाँ घट्याे

४१ अङ्कले बढेसँगै नेप्सेले २२ सय विन्दु पार गर्‍याे

'क्लिन फीड' पालना नगर्ने विदेशी टेलिभिजन च्यालनलाई सरकारको चेतावनी

ट्राफिक प्रहरी नभएको समयमा नियम मिच्नेलाई समात्न विशेष भ्यान परिचालन

माघ १ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया