सिरियामा इरान समर्थित विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

 फागुन १५, २०७७ शनिबार १२:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए ।

फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो । त्यो आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बग्दादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो

अन्तिम अपडेट: माघ १३, २०७९

तपाईको प्रतिक्रिया