काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

 मंसिर २६, २०७८ आइतबार ७:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ ।  रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।

देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहान लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अहिले तराई क्षेत्रमा पनि बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । अब पहाडी जिल्लामा हुस्सु पनि बढ्दै जाने मौसमविद् बासीले बताउनुभयो ।

उहाँका अनुसार आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम आंशिक बद्ली रहने छ । यस्तै, भोलि भने पश्चिमी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । भोलि  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया