१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायाे

 जेठ २३, २०७९ सोमबार १४:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएकाे छ । 

भुटानले दिएकाे ६७ रनकाे लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायाे । नेपालकाे जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् । यस्तै साना प्रभीनले १२ रन जाेडिन् । बलिङतर्फ भुटानकी साङ्गे ए वाङ्माेले तीन विकेट लिइन् । 

यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भुटानले २० ओभरमा नाै विकेट गुमाएर ६६ रन बनायाे । भुटानका लागि साङ्गे ए वाङ्माेले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएकाे थियाे । दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो चौथो खेलमा भाेलि मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । 

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आउँदाे वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेकाे यू–१९ महिला टी–२० विश्व कप खेल्न पाउनेछ ।

प्रतियोगितामा समान तीन/तीन खेल जित्दै यूएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल भने तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया