राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गर्‍याे

 साउन २२, २०८० सोमबार २०:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तीन वटा 'क' वर्गका अर्थात् वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगर्ने प्राइम कर्मसियल बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो ।

प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको सूचनामा उल्लेख छ ।

साथै गएको माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिबाना गरिएको बैंकले जनाएको छ ।

प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arjun subedi

    Aug. 7, 2023, 8:28 p.m.

    सबै बैंकहरु मिटर ब्याजी हुन् सबैलाई कार्वाही हुनु

  •  0 Reply

तपाईको प्रतिक्रिया